मनकामना स्मार्ट लघुवित्तको शेयर आज बाँडफाँड हुँदै

२८ असार २०७८, सोमबार ०६:३२

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको प्राथमिक शेयर भोलि बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले भोलि ९ः३० बजे आइपीओ बाँडफँड गर्ने तयारी गरेको छ ।

कम्पनीले गत शुक्रबार प्रिअलमेन्ट सम्पन्न गरेको थियो । कम्पनीले निष्काशन गरेको अन्तिम दिनमा उक्त आईपिओमा ७१ गुणा बढीको आवेदन परेको थियो । कम्पनीको आइपीओमा २० लाख १ हजार ९ सय १९ आवेदकबाट २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि आवेदन परेको थियो । यो माग गरिएको भन्दा ७१।९५ गुणा बढी हो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले मात्र शेयर पाउने छन् । जसका कारण १९ लाख बढी आवेदन हात खाली हुनेछ ।

कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको थियो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ।लघुवित्तले ३२।११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरको थियो । सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि शेयर दिईएको क्यापिटलले जनाएको छ। त्यस्तै, तीन लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४ सय ५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*