आजदेखि लक्ष्मी बैंकको ऋणपत्र विक्री खुल्ला, कति छ ब्याजदर?

२८ असार २०७८, सोमबार ०९:११

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आजदेखि ऋणपत्र विक्री खुल्ला गरेको छ। बैंकले साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्ने भएको हो । बैंकले प्रतिऋणपत्रएस्क हजार रुपैयाँ अंकित दरको ‘८ दशमलव ५५ लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको १० वर्षे अवधिको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो ।

बैंकले आजदेखि निष्काशन गर्न लागेको कुल कित्तामध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता भने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

यो ऋणपत्र खरीदका लागि असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म ऋणपत्र विक्री लगानीकर्ताले यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*