मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोडको ऋणपत्र निष्काशन गर्ने

२८ असार २०७८, सोमबार ११:२६

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले साउन ७ गतेदेखि ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४/८५’ निष्काशन गर्न लागेको हो ।

बैंकले ७ वर्षे अवधि रहेको वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जसमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्री गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

सो ऋणपत्र खरिदका लागि साउन ११ गतेसम्ममा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिसम्म पूर्ण आवेदन नपरेको खण्डमा निष्काशन अवधि लम्ब्याई साउन २१ गतेसम्म अवधि थपिले बैंकले जानकारी दिएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सो ऋणपत्रमा आवेदन दिनका लािग सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*