सिबिआईएल क्यापिटलद्धारा हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध

२८ असार २०७८, सोमबार ११:३९

काठमाडौँ । सिबिआईएल क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट खाता नविकरण शुल्क तिर्न अनुरोध गरेको छ । क्यापिटलले खाता खोली धितोपत्रको कारोबार गरेका हितग्राहीलाई वार्षिक संचालन शुल्क बुझाउन आग्रह गरेको हो ।

क्यापिटलले आर्थिक बर्ष ०७७/७८ मा हितग्राहीहरुले वार्षिक शुल्क वापतको १०० रुपैयाँ असार मसान्त भित्र सिटिजन्स बैंक इन्टनेशनल लिमिटेडको बैक खाता न. ०४८०१००००००५३३०१ मा शुल्क बुझाउन अनुरोध गरेको हो ।

साथै सो जम्मा भौचरको प्रति कम्पनीको इमेल समेत पठाउन बैंकले आग्रह गरेको छ । त्यस्तै, मेरो शेयर सञ्चालनमा आएको एक बर्षको अवधिभित्र नविकरण गरिसक्नुपर्ने र तोकेको अवधिमा शुल्क नबुझाएको खण्डमा हितग्राहीले कारोबार गर्दै आएको खाता बन्द गरिने क्यापिटलले जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*