सिभिल लघुवित्तको रुपन्देहीमा नयाँ शाखा विस्तार

२८ असार २०७८, सोमबार १२:०६

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त सिभिल लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्लाको देवदहमा आफ्नो नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । यो सँगै सो संस्थाको २९ जिल्लामा ६३ वटा शाखा कार्यालय पुगेको छ ।

लघुवित्तले न्युन आय तथा विपन्न वर्गका लागि संस्थाको सदस्यता दिई विनाधितो सामूहिक जमानी तथा स्वीकारयोग्य धितोमा आवद्ध हुन नसकेका व्यक्तिलाई समेत स्वीकारयोग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहुच पुर्याउँदै आएको छ ।

संस्थाले लघु बचत, लघुबिमा, विप्रेषण सेवाका साथै शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवा समेत उपलब्ध गराउदै आएको छ । साथै लघुवित्तले बचत जम्मा तथा किस्ता भुक्तानी सहजताका लागि ई–सेवामार्फत रकम पठाउन सक्ने समेत जानकारी गराएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*