नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा शर्मा नियुक्त

२८ असार २०७८, सोमबार १३:३७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा अर्थ मन्त्रालयको तर्फबाट धनिराम शर्मा नियुक्त भएका छन् । बैंकले सो पदमा शर्मा मनोनयन भएको जानकारी गराएको हो ।

यसअघि अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको सञ्चालक रहेका श्रीकृष्ण नेपालको अवधि समाप्त भएकोले सो पदमा शर्मा मनोनयन भएको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।

साथै कम्पनीको परिवर्तन भएको सञ्चालक समितिमा अनुज अग्रवाल अध्यक्ष र सदस्यहरुमा धनिराम शर्मा, चन्द्र प्रसाद ढकाल र लालमणि जोशी रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*