नेप्से ४४ अंकले घट्दा झण्डै १० अर्बको कारोबार, निर्धान उत्थान लघुवित्तको सर्वाधिक कारोबार

२८ असार २०७८, सोमबार १५:१३

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से ४४ अंकले घटेको छ । आज नेप्से परिसूचक ४४ दशमलव ९८ अंकले घट्दा २८५४.८४ विन्दुमा कायम भएको छ ।

आज २२९ कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२६.९६ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेको आज १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समूह बाहेका सबै समूह राताम्य भएका छन् । म्युचुल फण्ड समूहमा आज ०.०२ अंकले बढेर हरियाली कायम भएको हो । त्यस्तै सर्वाधिक जीवन बीमा समूहमा २५४.६७ अंकले घटेको हो ।

त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा निर्धान उत्थान लघुवित्त रहेको छ । सो कम्पनीको आज ४७ करोड २६ लाख ५२ हजार ९५२ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि फाइनान्स रहेको छ । कम्पनीको आज ५.२४ प्रतिशत अंकले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*