यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

२८ असार २०७८, सोमबार १५:१३

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा राजनीतिक प्रभाव देखिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णयलाई बदर गरिदिएसँगै बजारमा भारी गिरावट आएको हो ।

नेप्से ४४ दशमलव ९८ अंकले घट्दा २८५४ दशमलव ८४ को विन्दुमा कायम भएको छ। आज सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको शेयर कारोबार भएको छ। कम्पनीको ४७ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज कूल २२९ कम्पनीको ६ करोड ६० लाख २१ हजार एक सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसमूहमा १३ मध्ये एक कम्पनी मात्र सेयर मूल्य बढेको छ भने बाँकी १२ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

त्यस्तै, निर्धन उत्थान लघुवित्त, एनआईसी एशिया बैंक, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर, छिमेक लघुवित्त, नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*