यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२८ असार २०७८, सोमबार १५:३४

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा राजनीतिक प्रभाव देखिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णयलाई बदर गरिदिएसँगै बजारमा भारी गिरावट आएको हो । नेप्से ४४ दशमलव ९८ अंकले घट्दा २८५४ दशमलव ८४ को विन्दुमा कायम भएको छ।

शेयर बजारमा घटेपनि आज समृद्धि फाइनान्सको शेयर ५ दशमलव २४ प्रतिशत, कुमारी बैंक डिबेञ्चरको ३ दशमलव ९४ प्रतिशत, एनबिबिएल डिबेञ्चरको ३ दशमलव ८७ प्रतिशत अंक र सिटिजन्स मुयुचुअल फाउन्डको ३ दशमलव ७३ प्रतिशत अंकले वृद्धि भएको छ ।

युनियन हाइड्रोपावरको ५ दशमलव ३३ प्रतिशत, खानिखोला हाइड्रोपावरको ५ दशमलव २८ प्रतिशत, ओरिन्टल होटेल ५ दशमलव ११ प्रतिशत र महुली समुदायिक लघुवित्त वित्तीय सस्थाको ४ दशमलव ९१ प्रतिशत अंकले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*