नबिल बैंकले ल्यायो ‘३७ डेज अफ ह्याप्पिनेस’ अफर

२८ असार २०७८, सोमबार १६:२६

काठमाडौं । नबिल बैंकले ३७ औं वार्षिकोत्वसवको अवसरमा वार्षिकोत्सव अफर ल्याएको छ । बैंकले सो अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ‘३७ डेज अफ ह्याप्पिनेस’ अफर ल्याएको हो ।

उक्त अफर अन्तर्गत नबिल बैंकले नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल कार्ड, नबिल मोबाइल बैकिङ्ग र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ । जसअनुसार अब नबिल बैंकका नयाँ ग्राहकहरुले ३७ दिनसम्म उपयुक्त छुट प्राप्त गर्नेछन् ।

बैंकका अनुसार उक्त अफर असार २८ गते देखि भदौ १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र लागु हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*