कामना सेवाले ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल नियुक्त गर्यो

२८ असार २०७८, सोमबार १९:२८

काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र जारी गर्न बिक्रि प्रबन्धक नियुक्त गरेको छ। बैंकको बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।

सम्झौतापत्रमा बैंकका सिईओ प्रविण बस्नेत र क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।बैंकले ए१ हजार रुपैयाँ अंकित दरका १० लाख कित्ता हुन आउने एक अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ ऋणपत्र जारी गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*