समृद्धि फाइनान्सले आजदेखि लिलामी शेयर बिक्रि गर्दैै
काठमाडौं। समृद्धि फाइनान्सले आजदेखि संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ। कम्पनीले अवतरिक्त शेयर बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
यस लिलामी शेयरमा लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद साउन ५ गतेसम्म तोकिएको छ । यसमा बिक्री प्रबन्धक बिओके क्यापिटल तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालयबाट पनि आवेदन सकिनेछ ।