नबिल बैंकद्धारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

२९ असार २०७८, मंगलवार ०७:१७

काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई प्रदान गरेको छ। कम्पनीले एक कार्यक्रमकाबीच ३७औं वार्षिकोत्सवको अवसरमा बैंकले उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मेडिकल साम्रागी हस्तान्तरण गरेको हो । उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पतालबीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।तेश्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*