आशा लघुवित्तको मुनाफा १७२% ले बृद्धि, अन्य सूचांकमा सकारात्मक प्रगति

१७ श्रावण २०७८, आईतवार ०७:११

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफामा १७२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश सूचांकहरु सुधार भएको देखिएको छ ।

गत असार मसान्तसम्ममा आशा लघुवित्तले १२ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ६६ लाख रुपैयाँ मात्र रहेकोमा यस वर्ष उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको हो । खुद ब्याज आम्दानीमा बृद्धि, अन्य सञ्चालन आम्दानी बृद्धि र खराब कर्जा उठाउन सफल भएका कारण राईट ब्याक हुँदा लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५४.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४९.३९ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा लघुवित्तले १ करोड ६० लाख रुपैयाँ खराब कर्जा उठाएर राईट ब्याक गर्न पाएको छ ।

असार मसान्तसम्ममा लघुवित्तको जगेडा कोष २७६.५७ प्रतिशत बृद्धि भएको छ । त्यस्तै, सापटी ५१.९० प्रतिशत, निक्षेप ५६.९६ प्रतिशत र कर्जा ६३.१० प्रतिशत बढेको छ । सो लघुवित्त कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ १४ पैसा बढेर ४७ रुपैयाँ ६० पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*