साधना लघुवित्तको खुद नाफा झण्डै तेब्बर, प्र्रतिशेयर आम्दानी ४५ रुपैयाँ नाघ्यो

१७ श्रावण २०७८, आईतवार ०७:२०

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको मुनाफा झण्डै तेब्बर बृद्धि भएको छ भने प्रतिशेयर आम्दानी लगायतका सूचांकहरु पनि सकारात्मक देखिएका छन् ।

साधना लघुवित्तको खुद नाफा १९६.३५ प्रतिशत बढेर ११ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा जम्मा ३ करोड ९५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस वर्ष ब्याज आम्दानीमा बृद्धि लगायतबाट मुनाफा बृद्धि गर्न सफल भएको हो । खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण खुद नाफा उल्लेख्य रुपमा बृद्धि भएको हो ।

असार समान्तसम्मको वित्तीय विवरणमा अघिल्लो आवको तुलना गर्दा लघुवित्तको खुद ब्याज आम्दानी ७२.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३३९.३६ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ३७ लाख रुपैयाँ खराब कर्जा उठाएको कारण राईट ब्याक गर्न पाउँदा समेत मुनाफा उल्लेख्य मात्रामा बृद्धि भएको हो ।

सो लघुवित्तको जगेडा कोष करिब ७ गुणा अर्थात ५९४.३७ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी भने स्थिर रहेको छ । सो लघुवित्तको प्रतिशेयर आम्दानी ३० रुपैयाँ १९ पैसा बढेर ४५ रुपैयाँ ५७ पैसा पुगेको छ । प्रतिशेयर आम्दानी बढेसँगै कम्पनी थप मजबुद बनेको छ भने लगानीकर्तालाई मनग्य लाभांश दिन सक्षम बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*