मध्य भोटेकोशीको आइपीओमा आवेदन दिने अवधि लम्बियो

१७ श्रावण २०७८, आईतवार १०:५१

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने अवधि थपेको छ ।

कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ निषेधाज्ञाका कारण स्थगित भई साउन ५ गतेदेखि पुनः निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने म्याद थप गरेको हो । आवेदन अवधि थप गरेसँगै अब इच्छुक आवेदकले साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निष्काशन बन्द छिटोमा साउन १७ गते हुनेछ भने ढिलोमा साउन ३२ गते हुनेछ ।

इच्छुक आवेदकले उक्त आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइमएई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*