लुम्बिनी विकास बैंकको २० हजार २४८ कित्ता संस्थापक शेयर बिक्रीमा

१७ श्रावण २०७८, आईतवार ११:१२

काठमाडौं । लुम्बिनी विकास बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक समूहतर्फको शेयर बिक्री गर्न लागेको जानकारी गराएको हो ।

संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको २० हजार २४८ कित्ता शेयर बिक्री गर्न आवश्यक स्वीकृतिको लागि बैंकको संचालक समिति समक्ष आवेदन दिएकाले सो शेयर बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले आजको मितिदेखि ३५ दिनभित्र सो सम्बन्धि विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन सकिनेछ ।

साथै तोकिएको समयभित्र कुनै लिखित जानकारी प्राप्त नभएमा अन्य व्यक्ति वा संस्थालाई सो शेयर खरिद गर्न सकिने जानकारी समेत बैंकले गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*