नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

१७ श्रावण २०७८, आईतवार ११:२८

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ६५ हजार ७६० कित्ता शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १०२२ रुपैयाँका दरले सो शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले साउन ३१ गतेभित्र बिक्री प्रबन्धक आरिविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड, टेकु, काठमाडौंमा प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*