एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतका दुई फण्डको नगद लाभांश घोषणा

१७ श्रावण २०७८, आईतवार १२:२९

काठमडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतका अर्थात् एनआईसी एशिया क्यापिटलद्धारा संचालित दुई फण्डले लाभांश घोषणा गरेको छ । एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले नगद लाभांश घोषणा गरेको हो ।

साउन १५ गते शुक्रबार क्यापिटलको कार्यालय बबरमल, काठमाडौंमा बसेको संचालक समितिको ९३ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजना योजना एनआईशि एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) का दरले हुन आउने २२ करोड ६५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी गराएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजना एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) का दरले हुन आउने २५ करोड ५ लाख ६० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*