इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न स्वीकृत

१७ श्रावण २०७८, आईतवार १२:५८

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । इन्फिनिटीले नेपाल एग्रोलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो ।

राष्ट्र बैंकको शुक्रबार सम्पन्न संचालक समितिको बैंठकले इन्फिनिटीलाई नेपाल एग्रो लघुवित्त प्राप्ति गर्न स्वीकृति प्रदान गरेको हो ।
दुबै संस्थाले एक आपसमा गाभिन वा एक्विजिशनका सैद्धान्तिक सहमति प्रदान गर्दा तोकिएको शर्त तथा प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृतका लागि पेश गरेको निवेदन अनुसार बैंकले स्वीकृति दिएको हो ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ को स्वाप अनुपातमा प्राप्त गर्न लागेको हो । जस अनुसार नेपाल एग्रोको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि इन्फिनिटीको नाममा ९८ कित्ता सेयर प्राप्त गर्नेछन् । दुवै कम्पनीको असार २१ गते सम्पन्न भएको साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*