उपकार लघुवित्तको आइपीओले पायो ‘डबल बि माइनस’ रेटिङ

१७ श्रावण २०७८, आईतवार १३:३६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री गर्ने साधारण शेयर (आइपीओ) ले डबल बि माइनस रेटिङ पाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि इक्रा नेपालबाट रेटिङ गराएको हो ।

आइपीओ निष्काशन गर्नुपूर्व कम्पनीले इक्रा नेपाल मार्फत गरेको रेटिङ्गमा निष्कासन गर्ने आईपीओलाई आईआर बीबी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङ पाएको कम्पनी तथा संस्थाले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ ।

कम्पनीले १ करोड २६ लाख रुपैयाँ बराबरको १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरिसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*