महालक्ष्मी विकास बैंक र एमएडब्लू बृद्धि कमर्सियल भेहिकल्सबीच सम्झौता

१७ श्रावण २०७८, आईतवार १४:३३

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड र एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्बीच सम्झौता भएको छ । एमएडब्लू बृद्धि कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलब तरिकाबाट सेवा उपलब्ध गराउने उद्देश्यले दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापश्चात एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडी गरिद गर्न चाहेमा महालक्ष्मी बैंकबाट सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

सो सम्झौता अनुसार ग्राहकलाई अधिकतम ८ बर्षको लागि कर्जा उपलब्ध हुनका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*