मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, भोलिबाट कारोबार सुरु

१७ श्रावण २०७८, आईतवार १४:३१

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको भोलिदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको छ ।आज नेप्सेमा शेयर सूचीकृत भएसँगै सोमबारदेखि कारोबारमा आउने भएको हो । आज कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एमकेएलबि कारोबार संकेत (सिम्बोल) पाएको छ । सोमबारबाट यहि कारोबार संकेतमा लघुवित्तको कारोबार खुल्नेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*