नबिल बैंक र डीभी एक्सिलसबीच कृषि कर्जा प्रदान गर्न सहकार्य

१७ श्रावण २०७८, आईतवार १५:०४

काठमाडौं । नबिल बैंक र डीभी एक्सिलस (खेती एप)बीच सहकार्य भएको छ । खेती एपद्धारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुका लागि कृषि साधन तथा किसानहरुको आवश्यकतालाई खरिद गर्न सहज वित्तीय पहुँचको प्रदान गर्न यी पक्षबीच सहकार्य भएको हो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले सम्झौतापत्रमा हस्ताक्ष गरेका हुन् । सम्झौतापश्चात डीभि एक्सिलसमा दर्ता भएका किसानहरुले खेति एप मार्फत नबिल बैंकको कृषि कर्जा प्राप्त गर्नेछन् ।

साथै अब नबिल बैंकले किसानहरुलाई गुणत्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्नेछ र डीभि एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्चितत्ताबाट लाभ लिन सकिनेछ ।

खेति एपको माध्यमबाट किसानहरुलाई डिजिटल कर्जा दिने भएकाले दर्ताका लागि नबिल बैंकमा आवेदन दिनु पर्ने छ । खेति एपमा बाट किसानहरुले कृषि व्यवसायको दिगो विकासमा सहयोग पुग्नुका साथै उत्पादन क्षमता वृद्धि, स्वच्छ तथा अग्र्यानिक उत्पादनको पहुँच पुराउने लक्ष्य बैंकको रहेको छ ।

अहिले खेती एपमा १० हजार भन्दा बढी किसानहरु, ३ हजार भन्दा बढी उपभोत्ता, १ सय बढी रेष्टुरेन्ट र होटेलहरु तथा नेपालको प्रमुख कृषि ब्यवसायीहरु आबद्ध भइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*