नेप्से झिनो अंकले बढ्दा १२ अर्ब मार्थिको कारोबार

१७ श्रावण २०७८, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा मूल्य परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३०८१.०७ विन्दुमा कायम भएको छ ।

आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये ७ समूह बाहेका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक व्यापार समूहमा ७०.६५ अंकले बृद्धि भएको छ ।

साथै आइतबार सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीको आज ३६ करोड ६ लाख ५३ हजार ७५१ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, आज ६ कम्पनीको शेयरमा सर्किट लागेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*