९ कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

१७ श्रावण २०७८, आईतवार १५:२४

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३०८१।०७ विन्दुमा कायम भएको छ ।आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६१ रुपैयाँको कारोबार भएको छ ।आज ९ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। आज ६ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। भने ३ कम्पनीको शेयर ९ प्रतिशत बढीले बढेको छ।

सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाईड्रोपावर, यूनिर्भसल पावर, ग्रिन लाइफ हाईड्रोपावर, जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने ङादी गुप्र पावर, सिईबिडि हाईड्रोपावर र रैराङ हाईड्रोपावरको शेयर ९ प्रतिशत बढीले बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*