एनआईबिएलको लगानी बृद्धि योजनाका बिजेता घोषित

१७ श्रावण २०७८, आईतवार १५:३६

काठमाण्डौ । एनआईबिएल सहभागिता फन्डको लगानी बृद्धि योजनाका बिजेताहरु घोषणा गरिएको छ । एनआईबिएल सहभागिता फन्ड एनआईबिएल म्युचुअल फन्डअन्तर्गतको फन्ड हो ।

गत असार २० गतेदेखि असार २४ गतेसम्मका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सो फन्डको दोस्रो वार्षिकोत्सवका उपलक्ष्यमा लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजना ल्याएको थियो । उक्त योजनाका विजेताहरुको घोषणा गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत साउन १५ गते गरिएको थियो ।

एनआईबिएल एस क्यापिटलले उक्त योजनाका विजेता उपलब्ध गराइएका सम्पर्क नम्बर वा ईमेलमार्फत जानकारी गराइने जनाएको छ । साथै योजनाका विजेताहरुको नाम एनआईबिएल एस क्यापिटलको वेबसाइटमा पनि प्रकाशित गरिने क्यापिटलले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*