धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अख्तियार लाग्यो, सर्वोत्तम काण्डमा छानविन

१७ श्रावण २०७८, आईतवार १६:३६

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका छन् । ढुंगानाले नजराना स्वरुप सर्वोत्तम सिमेन्टको शेयर आफ्नी छोरीको नाममा लिएको खुलासा भएपछि अख्तियारको छानविनमा परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वाेत्तमको सेयर खरिद प्रकरणको विषयमा अनुसन्धान सुरू गरेको जनाएको छ । आयोगले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना पनि कानून विपरित सर्वाेत्तम सिमेन्टको सेयर खरिदमा संलग्न भएको विषयमा अनुसन्धान सुरू गरेपछि शेयर बजार वृत्तमा तरंग उत्पन्न भएको छ ।

आयोगले बोर्डका अध्यक्ष ढुङ्गानासँग बुक बिल्डिङ मार्फत सर्वसाधारणका लागि शेयर जारी गर्न दिएको स्वीकृति सम्बन्धी सबै कागजातहरु बोर्डसँग माग गरेको छ । अख्तियारले कागजातहरु प्राप्त भएपछि आरोपित सबैलाई बयानका लागि बोलाईने जनाएको छ ।

2 thoughts on “धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अख्तियार लाग्यो, सर्वोत्तम काण्डमा छानविन

  1. गिरेन्द्र प्रसाद पोखरेल says:

    यो फटाहा लाइ कडा से कडा कारबाही गर्नु पर्छ ।

  2. रविन says:

    छानबिन सार्थक बनाेस् !
    छानबिन निकायलाई सेयर उपहार दिएर छानविनलाई प्रभावित नपारियाेस् !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*