नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल बीच भुक्तानी सेवा सम्झौता

१७ श्रावण २०७८, आईतवार १६:४७

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटेण्ट नेपाल बीच भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । आज महासंघको केन्द्रीय कार्यालय परिसदमा आयोजित एक कार्याक्रम समारोहमा महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकारले अशोक कृष्ण श्रेष्ठले हस्ताक्षण गरेका हुन ।

उक्त सम्झौता अनुसार सुनचाँदी ब्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विक्री गर्ने गरगहना भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सकिने छ । अब सुनचाँदीका गहना खरिद गर्दा अनलाइन बैंकिङ, इन्टरनेट बैंकिंङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्ड बाट रकम भुक्तानी गर्न सकिने महासंघले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बिक्री गर्दा डिजिटल मार्फत भुक्तानीले ब्यवसायीले थप सहज पुग्ने बिश्वास दुबैले राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*