समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशनको लागि बोर्डसँग माग्यो अनुमति

१७ श्रावण २०७८, आईतवार १७:१६

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न प्रक्रिया अघि सारेको हो ।

कम्पनीले गत साउन १५ मा नेपाल धितोपत्र बोर्डमा २ः१ रेसियोमा हकप्रद शेयर निष्काशनको लागि निवेदन दिइसकेको छ । बोर्डबाट अनुमति पाएमा कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । जसअनुसार १०० रुपैयाँ अंकित दरमा कुल २७ लाख २९ हजार ७०५ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*