मैलुङ खोला जलविद्युतको आइपीओमा ३५ गुणा बढीको आवेदन

१७ श्रावण २०७८, आईतवार १७:३८

काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा २ करोड ४१ लाख ४३ हजार ४८० कित्ताको लागि आवेदन परेको छ । आज ५ बजेसम्ममा १७ लाख ७६ हजार ७ सय ११ जना आवेदकले २ अर्ब ४१ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको आवेदन दिएको सिडिएसले जनाएको छ । यो सर्वसाधारणले आवेदन दिन पाउने ६ लाख ८४ हजार ७४६ कित्ताको ३५ दशममलव २५ गुणा धेरै आवेदन हो ।

कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २ प्रतिशथ अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५प्रतिशथ ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा साउन १८ गते सम्म आवेदन दिन सकिनेछ । यस आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*