नेप्सेमा आजदेखि मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार हुने

१८ श्रावण २०७८, सोमबार ०७:३४

काठमाडौं । आजबाट मनकामना स्मार्ट लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो ।

हिजो नेप्सेमा कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो ।कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एमकेएलबि कारोबार संकेत (सिम्बोल) पाएको छ । आज कारोबार अवधिबाट यहि कारोबार संकेतमा लघुवित्तको कारोबार खुल्नेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*