ज्योति बैंकद्धारा ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता सार्वजनिक, यस्ता छन् बिशेषता

१७ श्रावण २०७८, आईतवार १८:३२

काठमाडौं । ज्योति विकास बैंकले ज्योति बैंकद्धारा शेयर बजारका लागि ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता सार्वजनिक गरेको छ। बैंकले शेयर बजार लगानी गर्न नयाँ व्यत्तिलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, डिम्याट खाता र मेरो सेयर तीनवटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता सार्वजनिक गरेको हो ।

अब यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दात निःशुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क मेरो शेयर र जिस्टे«शन शुल्क सि आस्वा, मोबाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा लगायत डेबिट कार्ड समेत निःशुल्क हुने बैंकले जनाएको छ ।

साथै बचत खातामा महिला निक्षेप कर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५० प्रतिशत र धितो रकममा ३० प्रतिशत छुट समेत उपलब्ध रहेको छ । सो खाताले लगानीकर्तालाई लगानी गर्न सहज हुने बिश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*