मनकामना स्मार्ट लघुवित्तको नेप्सेमा शेयर कारोबार भएन, यस्तो छ कारण

१८ श्रावण २०७८, सोमबार ११:५२

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको शेयर आज नेप्सेमा कारोबार हुन सकेन। प्रि–ओपनिङ सेसनमा कारोबार म्याच हुन नसकेपछि आज पहिलो कारोबार हुन नपाएको हो । नेप्सेले तोकेको ओपनिङ रेन्जभित्रै प्रि ओपनिङ सेसनमा खरिदकर्ता र बिक्रेताबीच खरिदबिक्रि मूल्य तय हुन सकेन भने सो दिन कारोबार नहुने नेप्सेको नियम रहेको छ ।

अब भोलि स्पेसल प्रि–सेसनमा नेप्सेले तोकेको रेन्जभित्र सेयर किनबेच गर्न कारोबार मूल्य म्याचिङ भएको अवस्थामा मात्रै पहिलो कारोबार खुल्नेछ । लघुवित्तलाई नेप्सेले एमकेएलबी कारोबार संकेत प्रदान गरेको छ भने पहिलो करोबारका लागि न्यूनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*