समिट लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा देखियो आकर्षक सुधार

१८ श्रावण २०७८, सोमबार १२:२८

काठमाडौं । समिट लघुवित्तले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ११ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ मात्रै नाफा आजर्न गरेको थियो । अघिल्लो वर्षको भन्दा कम्पनीको नाफा २०१.६२% ले वृद्धि भएको छ।

त्यस्तै, लघुवित्तको खुद ब्याज आम्दानी ७२.७०% र सञ्चालन नाफा २०४.४४% बढेको छ ।यस त्रैमाससम्ममा लघुवित्तले १ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छभने ४ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २१ करोड ७८ लाख रुपैयाँ रहेको छ ।लघुवित्तको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ भने १५५ रुपैयाँ २५ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*