नयाँ सारथी लघुवित्तको यस्तो देखियो चौथौ त्रैमास

१८ श्रावण २०७८, सोमबार १३:२५

काठमाडौं । नयाँ सारथी लघुवित्तले गत आर्थिक वर्ष मा १० करोड ५८ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ करोड ८८ लाख नाफा कमाएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा लघुवित्तको नाफा २६७ प्रतिशत नाफा वृद्धि भएको हो ।

यस अवधिसम्ममा लघुवित्तले ८२ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ५७ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । चौथौ त्रैमासको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६ करोड ९६ लाख २३ हजार रहेको छ ।

लघुवित्तको हालको लचुक्ता पूँजी २५ करोड ४९ लाख ५४ हजार रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ४१.५१ रुपैयाँ छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६२.६७ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*