आरएसडिसी लघुवित्तको नाफा १५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

१८ श्रावण २०७८, सोमबार १३:५९

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजकि गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले ९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले अघिल्लो वर्षको सोही अवधिसम्म ७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन गत आर्थिक वर्षको तुलनामा १५.४५ प्रतिशतले कमी हो ।

त्यस्तै, सार्वजनिक विवरणअनुसार संस्थाको खुद ब्याज आम्दानी १६ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.४० प्रतिशतले बढी हो । अघिल्लो आ.व.मा खुद ब्याज आम्दानी १४ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको चुक्तापूँजी ७३ करोड १९ लाख रुपैयाँ रहेकोमा प्रतिसेयर आम्दानी १२.४४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२०.९६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*