मेरो माइक्रोफाइनान्स लघुवित्तको अधिकांश सूचकमा देखियो उत्साहजनक

१८ श्रावण २०७८, सोमबार १४:३९

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअुनसार कम्पनीले अधिकांश वित्तीय सूचकहरुमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको विवरणमा ४४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १४५ दशमलव ५१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिसम्ममा संस्थाले १८ करोड २१ लाख रुपैयाँमात्र नाफा आर्जन गर्न सफल भएको थियो ।

त्यस्तै अघिल्लो वर्ष २१ करोड १५ लाख रुपैयाँमात्र संचालन मुनाफा आर्जन भएको संस्थाले गत वर्षको समिक्षा अवधिमा संचालन मुनाफा १०२.५२ प्रतिशतले बढेर ५९ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ९० करोड १० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७२.४६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले खुद ब्याज आम्दानी ५२ करोड २४ लाख मात्र रहेको थियो ।

संस्थाको चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेकोमा प्रतिशेयर आम्दानी बढेर ४७.७२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १८.२२ रुपैयाँ मात्र रहेको थियो । संस्थाको प्रतिशेयर नेटवर्थ १६३.१२ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*