अरुण काबेली पावर सहित आज सर्वाधिक कारोबार हुने कम्पनीहरु

१८ श्रावण २०७८, सोमबार १५:०९

काठमाडौं । साताको दोस्रो दिन सोमबार २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार ६०६ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण काबेली पावर रहेको छ । कम्पनीको आज ३७ करोड ७५ लाख ४७ हजार ६५० रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, यूनिभर्सल पावर कम्पनीको ३५ करोड ४८ लाख, फस्र्ट माइक्रोफाइनान्सको ३४ करोड ३ लाख, सिटिजन इन्भेष्टमेन्टको ३२ करोड १९ लाख र रिडी हाइड्रोपावरको २८ करोड ८६ लाख भन्दा बढिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*