नेप्से ४ अंकले बढ्दा झण्डै ११ अर्बमाथिको कारोबार

१८ श्रावण २०७८, सोमबार १५:१७

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले मात्र बृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १ अंकले मात्र बढेकोमा आज सोमबार पनि नेप्से परिसूचक ४.०६ अंकले मात्र बढेर ३०८५.०७ विन्दुमा कायम भएको छ ।

साताको दोस्रो दिन २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार ६०६ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये ५ समूहबाहेकका सबै समूह आज राताम्य भएका छन् । लघुवित्त समूहमा आज सर्वाधिक १२४.९३ अंकले बृछि भएको हो ।

त्यस्तै, सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण काबेली पावर रहेको छ । कम्पनीको आज ३७ करोड ७५ लाख ४७ हजार ६५० रुपैयाँको कारोबार भएको हो । त्यस्तै आज घलेम्दी हाइड्रो लिमिटेडको शेयरमा पोजेटिभ सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*