तलब नबढेको भन्दै गणपति लघुवित्तका ३३ शाखा प्रबन्धकद्धारा सामूहिक राजीनामा

१८ श्रावण २०७८, सोमबार १५:३९

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका ३३ वटा शाखाका शाखा प्रबन्धकहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् ।
कर्मचारीहरुले एकमुष्ट रुपमा एक सूचना जारी गर्दै तलब नबढेको भन्दै सामूहिक रुपमा राजीनामा दिएका हुन् ।

संचालक समितिको लिखित निर्णयअनुसार प्रत्येक २–२ वर्षमा कर्मचारीको तलब बृद्धि हुने भनिएकोमा आ.व.२०७८।०७९ को बजेटले उक्त कुराको सम्बोधन नगरेकोले कर्मचारीहरुको सेवा सुविधानमा संस्थाले ध्यान नदिएको भन्दै ३३ जना शाखा म्यानेजरहरुले सामूहिक रुपमा राजीनामा दिएका हुन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*