मकर जितुमाया सुरी हाइड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

१८ श्रावण २०७८, सोमबार १६:४२

काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीलले साउन १४ गते आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।

दुई पक्षबीच भएको सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले आइपीओ निष्काशनका लागि कुल जारी पूँजी ७६ लाख रुपैयाँ बराबरको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*