महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुट

१८ श्रावण २०७८, सोमबार १७:५९

काठमाडौं । महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता भएको छ । बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको हो ।

बैंकको भैरहवा शाखाको अगुवाईमा साउन १८ गते सोमबार उक्त हस्पिटलसँग सहकार्य गर्न सम्झौता भएको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न शुल्कहरुमा छुट पाउनेछन् । साथै बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याव सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजि तथा इको सेवामा अधिकतम १०% छुट प्राप्त गर्नुका साथै बेड चार्जमा समेत ५% को छुट प्राप्त गर्न सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*