एनआईसी एशिया लघुवित्तको ३ दिने तालिम सम्पन्न

१८ श्रावण २०७८, सोमबार १८:२५

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २०० जना कर्मचारीलाई तालिम दिएको छ । संस्थाले साउन १५ गतेदेखि साउन १७ गतेसम्म व्यवसाय प्रबद्र्धन विस्तार तथा शाखा व्यवस्थापन तालिम दिएको हो ।

संस्थाले प्रदेश न २ को सिराहाको लहान, सर्लाहीको लालबन्दी र बागमति प्रदेशको चितवन पर्सामा उक्त तालिम संचालमा ल्याई सम्पन्न गरेको हो ।

नयाँ आर्थिक बर्षको लक्ष्य ब्यवसाय बिस्तार क्षमता अभिबृद्धि शाखा तथा जोखिम ब्यवस्थापन कर्जाको गुणस्तरीयता समूह प्रवेश पूर्व तालिम लगायतका बिषयवस्तुहरुमा संस्थाले प्रशिक्षण दिएको हो ।

यस आर्थिक बर्षमा लघुवित्तले सबैभन्दा अब्बल लघुवित्त बनाउनको लागि यस्ता खालका तालिम संचालन गरी कर्मचारी सेवाग्राहीलाई परिस्कृत सेवा प्रवाह गर्ने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*