अरुण काबेली पावरले करिब २९ करोड रुपैयाँ खुद नाफा आर्जन

१९ श्रावण २०७८, मंगलवार ०८:१०

काठमार्डौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीले २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक बर्षमा १० करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक बर्षमा कम्पनीको विद्युत बिक्री आय र खर्च नियन्त्रण भएसँगै नाफामा १६८.३८ प्रतिशतको आकर्षक बढोत्तरी भएको हो ।

कम्पनीका अनुसार चुक्ता पूँजी १ अर्ब ५८ करो ५६ लाख ५० हजार रुपैयाँ र शेयर आम्दानी १८.२८ रुपैयाँ रहेको जनाएको छ । कम्पनीको मूल्य आम्लानी अनुपात २५.९४ गुणा रहेको छ भने अघिल्लो आर्थिक बर्षको तुलनामा एपिएस पनि बढेर ११.०८ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७३.५५ प्रतिशत बढेर ७० करोड ६७ लाख पुगेको छ । साथसाथै संचालन नाफा ६५ प्रतिशतले बढेर ६७ करोड ४२ लाख पुगेको छ । सार्वजनिक गरेको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष २१६ प्रतिशेयर २९ करोड २२ लाख र प्रतिशेयर नेटवर्थ ११८.४३ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*