स्वालम्बन लघुवित्तले ७३ प्रतिशतले नाफा कमायो, अन्य सूचक कस्तो ?

१९ श्रावण २०७८, मंगलवार ११:४४

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैेमाससम्मको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाले अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

समिक्षा अवधिसम्ममा संस्थाले ६१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.९२ प्रतिशत बढी हो ।

त्यस्तै सोही अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १५.६६ प्रतिशत बढेको छ अन्य सञ्चालन आम्दानी ४६.०४ प्रतिशत र सञ्चालन मुनाफा ४८.८९ प्रतिशत बढेको छ । साथै सो अवधिसम्ममा लघुवित्तले १४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेकोमा प्रतिशेयर आम्दानी अर्थात ईपीएस २० रुपैयाँ ७४ पैसा बढेर ६५ रुपैयाँ ६९ पैसा कायम भएको छ । त्यस्ैतै संस्थाको प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ४६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*