सूर्योदय लघुवित्तले १४८ प्रतिशतले खुद नाफा कमाउन सफल

१९ श्रावण २०७८, मंगलवार ११:५९

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफामा बृद्धि भएको छ ।

अघिल्लो वर्षको तुलनामा संस्थाले १४८.७४ प्रतिशत बढीले खुद नाफा कमाउन सफल भएको छ । समिक्षा अवधिसम्ममा संस्थाले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

त्यस्तै, समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४५.३१ प्रतिशत बढेको छ भने चुक्ता पूँजी १५.३५ बढेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८३ पैसा बढेर ४२ रुपैयाँ ५८ पैसा कायम भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*