तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

१९ श्रावण २०७८, मंगलवार १२:२६

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीले संस्थापक समूहतर्फको शेयर आजदेखि लिलामीमा ल्याएको छ ।

कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

आरएमडीसी लघुवित्तले न्यूनतम मूल्य ५०६ रुपैयाँमा ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्सले न्यूनतम मूल्य ५९५ रुपैयाँमा ८९ हजार ४३९ कित्ता र नागरिक लगानी कोषले न्यूनतम मूल्य १ हजार ४६३ रुपैयाँमा ३ लाख ५० हजरा ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । यी तीन कम्पनीको संस्थापक शेयर साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । यी तीनै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*