मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

१९ श्रावण २०७८, मंगलवार १२:४७

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बोलकबोलमा बिक्रीमा ल्याएको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक समूहको १ लाख ५ हजार ४१ कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको जानकारी गराएको हो ।

बैंकले सो शेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकेको छ । आवेदकले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक बैंकका संस्थापक शेयरधनिहरु वा जो कोही व्यक्ति कम्पनी संघ सस्थाहरुले साउन १९ गते देखी भदौ २२ गते सम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

इच्छुक आवेदकले न्यूतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड कमलादी काठमाडौँमा गोप्य शिलबन्दी आवेदन पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*