आज पनि दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार भएन

१९ श्रावण २०७८, मंगलवार १३:२०

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको दोस्रो बजारमा आज पनि शेयर कारोबार हुन सकेन । आज पनि स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकोले साउन १९ गतेको नियमित समयमा पनि संस्थाको सेयर कारोबार नभएको हो ।

जुनसुकै कम्पनीको सेयर दोस्रो बजारमा स्पेसल प्री ओपन सेसनमा म्याचिङ भएपछिमात्र नियमित समयमा कारोबार हुने व्यवस्था रहेको छ । यदि म्याचिङ भएन भने सो दिन कारोबार हुँदैन र अर्को दिनको प्री ओपनिङमा म्याचिङ भएपछि मात्रै उक्त संस्थाको नियमित सेयर कारोबार हुने छ ।बुधबार पनि स्पेसल प्री ओपन सेसनमा कारोबार म्याच भएपछि मात्रै नियमित समयमा कारोबार हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*